नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न बालमैत्री शिक्षण पद्धतिबारे अभिमुखीकरण सम्पन्न

भोजपुरमा बालमैत्री शिक्षण पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मङगलबार सम्पन्न भएको हो
भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रम अन्र्तगत अभिमुखीकरण सम्पन्न गरिएको हो । कार्यक्रममा भोजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईले बालश्रम र यसका सुचकहरुको विषयमा जानकारी गराउनु भएको थियो । यस्तै अन्तराष्ट्रिय श्रम संगठन आइएलओका भोजपुर प्रतिनिधि दावा लामाले समग्र बालश्रमको अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । अभिमुखीकरण कार्यक्रम एआरसी प्रोजेक्टका राष्ट्रिय कार्यक्रम संयोजक नारायण भटटाराईले सहभागिहरुको प्रश्नको जवाफ दिनु भएको थियो ।
कार्यक्रममा एआरसी प्रोजेक्टका टेक्निकल चिफ जियोभानी सोलिडाड, एआरसी प्रोजेक्टका राष्ट्रिय कार्यक्रम संयोजक नारायण भटटाराई, आइएलओ लेखा अधिकृत अर्विन्द लेखक लगायत भोजपुर नगरपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार