टेम्केमैयुङ गाउँपालिका द्धारा रेडक्रसलाइ एम्बुलेन्स् हस्तान्तरण, विरामीले सौलियत रुपमा प्रयोग गर्न पाउने

दिवस श्रेष्ठ

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्ण लाई एम्बुलेन्स् हस्तानतरण गरेको छ । रेडक्रस उपशाखा अन्नपुर्णको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र पालिकाको आर्थिक सहयोगमा रेडक्रस उपपशाखा अन्नपुर्णले खरिद गरेको एम्बुलेन्स् सन्चालनका लागि पालिकाले रेडक्रसलाई एम्बुलेन्स् सन्चालन गर्न हस्तानतरण गरेको हो ।

एम्बुलेन्स् सन्चालनका लागि आवश्यक मापदण्ड बनाई सन्चालन गर्न भन्दै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र उपाध्यक्ष रमा राईले संयुक्त रुपमा एम्बुलेन्स्को चावी हस्तानतरण गरेका हुन ।

चावी हस्तानतरण गदै अध्यक्ष बस्नेलते पालिकाका सवै वडाहरुको भौगोलिक अवस्थाका आधारमा सहुलियत रुपमा भाडा दररेट कायम गरी विरामी हरुलाई सेवा प्रदान गर्न आग्रह गरेका छन् । यस्तै पालिकाका उपाध्यक्ष रमा राईले एम्बुलेन्स् संचालनका लागि आवश्यक रुपमा पालिकाले सहयोग गर्ने बताएकी छिन् ।
यस्तै एम्बुलेन्स् सन्चालन गर्दा आई पर्ने आर्थिक समस्या समाधान गर्न डाली कोषको समेत सुरुवात गरिएकोछ । डाली कोषमा गोविन्द मुकारुङ २५, हजार, टंक प्रसाद रेग्मी २५ हजार यसैगरी पालिका अध्यक्ष सरोज बस्नेत २५ हजार स्थानिय जिवन किराती ११ हाजार १ सय ११ र केदार अधिकारीले १० हाजार प्रदान गरेका छन् । डाली कोषमा सहयोग गर्दै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले सवै दाताहरुलाई डाली कोषमा सहयोग गर्न समेत अपिल गरेका छन् ।
डाली कोषमा संकलन भएको रकम मुद्धत्ती खातामा राखी त्यसको व्याजबाट खर्च गरिने रेडक्रस उपशाखा अन्नपुर्णका सभापति केदार अधिकारीले बताए ।
यतो गर्भवती महिला र जेष्ठ नागरिकलाई एम्बुलेन्स् भाडामा छुटको व्यावस्था गर्ने टेम्केमैयुङ गाउँपालिकाको लक्ष रहेको अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार