स्ववियु निर्वाचनः भोजपुर क्याम्पसमा अहिलेसम्म तीनसय मत खस्यो

भोजपुर । भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि तय गरेको कार्यतालिका अनुसार आइतवार बिहानबाट निर्वाचन सुरु भएको हो ।

भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेकाअनुसार तीन सय एक मत खसि सकेको छ । भोजपुर क्याम्पसमा कुल बिद्यार्थी मतदाता छ सय ६५ जना रहेको छ ।

भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकटको अनेरास्ववियु र जनता समाजवादी पार्टीको समाजवादी बिद्यार्थी युनियनका बिचमा गठवन्धन छ । सो प्यानलबाट निशान राईको टिम प्रतिस्पर्धामा छ भने अर्को तर्फ नेपाली कांग्रेसको नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियुको संयुक्त प्यानल प्रतिस्पर्धामा छ । यो पक्षले अध्यक्षमा सञ्जय ढकाललाई उठाएको छ ।

निर्वाचन हालसम्म शान्तिपूर्वकरुपमा संचालन भई रहेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार