भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो, ७६.२४ प्रतिशत मत खस्यो

भोजपुर ।भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो सम्पन्न भएको छ । छ सय ६५ मतदाता रहेको क्याम्पसरमा पाँच सय ७ मत खसेको छ । यो प्रतिशतमा हेर्दा ७६.२४ प्रतिशत हो । क्याम्पसमा पाँच सय ७ जनामा तीन सय ६८ जना छात्रा र एक सय ३९ जना छात्रले मतदान गरेको बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेले जानकारी दिए । बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेले जानकारी दिए ।

भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकटको अनेरास्वबियु र जनता समाजवादी पार्टीको समाजवादी बिद्यार्थी युनियनका बिचमा गठवन्धन छ ।

सो प्यानलबाट अध्यक्षमा निशान राई सहितको टिम छ भने अर्को तर्फ नेपाली कांग्रेसको नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्वबियुको संयुक्त प्यानलबाट अध्यक्षमा सञ्जय ढकाल सहितको प्यानल छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार