अल्ट्रा धाविका मिरा राईको सम्मान भएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगितामा प्रथम बने उमेश राई

भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नया खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको प्रथम उमेश कुलुङ राई भएका छन् ।

अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनकै जन्म स्थल सानेदुम्माको थर्पुमा भएको ५५ किलो मिटरको दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार गरी प्रथम बनेका हुन ।

यस्तै रेसमा क्रमश तेह्रथुमका सरोज राई, सोलुखुम्बुका सुमन कुलुङ राई, ताप्लेजुङका दिपक राई, सोलुखुम्बुका प्रशन राई, रुकुमका दुर्गराज बुढा र संखुवासभाका सन्देश राइदोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ बनेका हुन ।यस्तै महिला तर्फ भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईले ७ घण्टा ५४ मिनेमा दुरी पार गरी प्रथम भएकी छिन् ।

यस्तै सिन्धुपाल्चोककी नितु तामाङले ८ घण्टा २६ मिनेटमा पार गरी दोस्रो र भोजपुरकी जुलीन राईले ८ घण्टा ३० मिनेटमा पार गरी तेस्रो बनेकी हुन् ।दुवै समूहतर्फ प्रथम देखि सातौंसम्मका बिजेतालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

 रेस ५० किलोमिटर र १० किलोमिटरको गराईएको छ । १० किलो मिटरको रेमा भने ताप्लेजुङका अमिर लिम्भु प्रथम भएका छन् । यस्तै भोजपुरकाम तान्चोहाङ दोस्रो, सिन्धुपाल्चोकका मिङमार तामाङ तेस्रो, भोजपुरका कुलबहादुर बस्नेत चौथो र भोजपुरकै प्रसान्त राई पाँचौ भएका छन् ।

१० किलोमिटर रेसमा पनि पुरुष र महिलाको दुवै विधामा प्रथमलाई १० हजार, दोश्रोलाई ५ हजार, तेश्रोलाई ४५ सय, चौथोलाई ४ हजार र पाँचौंलाई ३५ सय नगर, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

यस रेसमा खेलाडीहरुको मनोबल बढाउन तथा दौड प्रतियोगितालाई हौसला प्रदान गर्न नेपालका चर्चित म्याराथुन धावक तथा साउथ एशियन गेममा ३ वटा गोल्डमेडल विजेता बैकुण्ठ मानन्धरको पनि उपस्थिति रहेको थियो ।

ट्रेल लाई रोचक बनाउन समापन कार्यक्रममा चर्चित हास्यकलाकार उमेश राई ‘फुलन्देको आमा’ लगायत कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार