अलैची महासंघ भोजपुरको अध्यक्षमा राजेश विष्ट

भोजपुर । भोजपुरमा अलैची महासंघ जिल्का कार्य समितिको अध्यक्षमा राजेश विष्ट निविरोध निर्वाचित भएका छन् । विहिवार भएको नेपाल अलैची व्यावसायी महासंघले आयोजना गरेको अन्तरक्रिया तथा जिल्ला अधिवेशनवाट विष्ट निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा धर्मराज राई, सचिवमा सचिता पाण्डे सदस्यहरुमा प्रेम कुमारी खत्री, ,सुवास कट्टेल, बखत श्रेष्ठ र वावुराम राई निविरोध निर्वाचित भएका छन् । बाकी सदस्य भने समितिले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष राजेश विष्टले बताए ।

यस्तै अन्त्ररक्रिया कार्यक्रममा अलैचीमा लाग्ने रोगको पहिचान गर्दै उत्पादन भएका अलैची निर्यातमा सहजिकरण, खेति विस्तार र नर्सरी व्यावस्थापन गर्न अलैची महासंघले पहल गर्ने बताईएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल अलैची व्यावसायी महासंघले अलैचीको उत्पादन, गुणस्तर र बजारीकरणका समस्या समाधानका विषयमा अलैची महासंघ तत्काल गम्भरिताका साथ लाग्ने बताएको छ ।

अलैची कृषकका समस्यालाई सम्वोधन गर्न नेपालका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा सहभागी हुदै अलैची उत्पादन र वजारीकरणको स्पष्ट निती निर्माणका लागि महासंघले पहल गर्दै आएको अलैची व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले बताए । महासंघले भोजपुरमा पनि अलैची महासंघ समित गठन गरी काम गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार