भोजपुर नगरपालिका १० भैसीपंखामा किसानहरुका लागि वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सारदा तामाङ
भोजपुर नगरपालिका १० भैसीपंखामा किसानहरुका लागि वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किसान क्रेडिट शाखा भोजपुर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धघाटन भोजपुर नगरपालिका १० भैसीपंखाका वडाध्यक्ष सुविन्द्र राईले गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राईले कृषकहरुले कृषिमा आत्म निर्भर बन्न लागि व्यवसाय छनौटमा विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।

उहाले आफना वडामा कस्ता व्यवसायिक खेती गर्दा आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयमा किसानको ध्यान जान आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा किसान क्रेडिट कार्डको उपयोगिताका विषयमा भोजपुर नगरपालिका किसान क्रेडिट शाखाकी कार्यक्रम संयोजक मोना नेपालले प्रकाश पार्नु भएको थियो ।

यस्तै वित्तिय साक्षरता तथा व्यवसायिक पशुपालन सम्बन्धि पशु चिकित्सक सन्तोष कटवालले जानकारी गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा वडाका ३४ जना कृषकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार