ईश्वर मन्दिर संस्थाले गर्यो भोजपुर बहुमुखी क्याम्पसमा इलर्निङ सेन्टरको स्थापना

अर्जुन बस्नेत भोजपुर । भोजपुर बहुमुखी क्याम्पस भोजपुरमा ई–लर्निङ सेन्टर स्थापना भएको छ । ईश्वर मन्दिर संस्था काठमाडौँको सहयोगमा इ–लर्निङ सेन्टरको स्थापना भएको हो । ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुर बहुमुखि क्याम्पस प्रमुख भुलानाथ राईलाई सेन्टर हस्तान्तरण गरेका हुन ।

ई–लर्निङ सेन्टर स्थापना कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षाको गुणस्तर नबढाए सम्म असल नागरिक तयार नहुने ईश्वर मन्दिर संस्थाका संरक्षक एवं पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाल बताएका छन् । प्रविधिको युग संगै सवै खाले शिक्षा प्राप्तीका लागि विद्यार्थीलाई प्रविधिसंग जोड्ने प्रयास गरेको उनले बताए । डिजिटल लर्निङ क्याम्पेन नामङ्कन गरी सुरुमा आफु जन्मी, पढी हुर्केको सरकारी विद्यालयहरुबाट अभियान प्रारम्भ गरेको कोईरालाले बताए । शिक्षा, स्वास्थ्य र मानव सेवाको क्षेत्रमा काम गर्दै आएको ईश्वर मन्दिर संस्थाले संस्थाका सदस्यहरुबाट संकलन गरेको रकमवाट विभिन्न विद्यालयहरुमा ई–लर्निङ सेन्टर स्थापना गर्दै आएका छन् ।

क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापनासंगै विद्यार्थीहरुलाई अध्यानमा थप सहज बनाउन भोजपुर नगरपालिकाले अत्याधुनिक फोटोकपी मेसिन प्रदान गर्ने भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेले बताए । आलेले भोजपुरमा जन्मिएका धेरै व्याक्तित्वहरु उच्च ओहोदामा पुगको र उच्च ओहोदामा पुगे पनि जिल्लालाई फर्केर्र नहेर्ने परिपाटी रहेको बताउँदै आफ्नो जन्म भुमीलाई सधा माया गरिरहने शंकर प्रसाद कोईराला प्रति आभार समेत व्यक्त गरेका छन् ।

ई–लर्निङ सेन्टर स्थापनाले क्याम्पसका विद्यार्थी प्राध्यापक र कर्मचारीहरुलाई गुणस्तरिय शिक्षा संगै प्रविधि मैत्री हुन सहयोग पुग्ने भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुलानाथ राईले बताए । संस्थाले स्थापना गरेको ई–लर्निङ सेन्टर संरक्षण गर्दै प्रभावकारी प्रविधि मैत्री शिक्षा प्रदान गर्ने बताउदै ईश्वर मन्दिर संस्थालाई धन्याबाद समेत राईले व्याक्त गरेका छन् ।

ई–लर्निङ सेन्टरमा वीस सेट कम्प्युटर, अडियो भिडियो मनिटर र ६५ इन्चको स्मार्ट टि. भी. लगाएत दश लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको ईश्वर मन्दिर काठमाडांैका महासचिव संकेत कोइरालाले बताए । ईश्वर मन्दिरले जिल्लाका पाँच भन्दा वढि विद्यालयलाई यस अघि सहयोग गरिसकेको छ ।

सोहि कार्यक्रममा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफु अध्यान गरेको भोजपुर बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन । आफु र आफ्नो परिवारको तर्फबाट छ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन । क्याम्पसका जेहेनदार विद्यार्थीको लागि कोष स्थापना गरिदिने कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार