भोजपुरमा सुन्तला र अलैची खेती प्रबद्र्धणमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको ५० प्रतिशत लागत समझेदारी

भोजपुर । भोजपुरमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय भोजपुरले सुन्तला र अलैची जोन कार्यक्रम अन्तरगत सुन्तला र अलैची खेतीलाई प्रोत्शाहन गर्दै आएको छ ।

किसानहरुले गरेको अव्यावस्थित खेतीराई प्रविधिक सिप प्रदान गरी थप व्यावसायीक बनाउदै उत्पादनमा वृद्धि गर्ने लक्षका साथ काम गरिरहेको छ ।

परियोजनाले जोन अन्तरगत किसानहरुसंग ५० प्रतिशत लागत साझेदारीमा काम गर्दै आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय भोजपुरले जनाएको छ । कार्यन्वयन ईकाईले गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरेका कामहरुको अनुगमन समेत गरेको छ ।

इकाईले जिल्ला समन्वय समिति भोजपुर, भोजपुर नगरपालिका, कृषि ज्ञान केन्द्र भोजपुर र पत्रकारहरुको समेत सहभागितामा आईतवार टेम्केमैयुङ गाउपालिका वडा नं. १ मा रहेको भद्रकमला कृषि तथा पशुपालन फममा रहेको अलैची र सुन्तला खेतीको अनुगमन गरिएको हो । यस्तै भोजपुर नगरपालिका वडा नंंं. ३ मा २० रोपनी जग्गामा गरिएको सिकाई केन्द्रमा रोपिएको सुन्तला र चक्लबन्दी अन्तरगत तरकारी खेतीहरुको समेत अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा प्रधानमन्त्री परियोजनाले कृषिको क्षेत्रमा कृषकलाई सिप, प्रविधि र विउविजनमा दिएको लागत साझेदारीले किसानको कृषि प्रति देखिएको उत्साह प्रशंसनीय रहेको बताएका छन् । पछिल्लो समय अनुदानका कार्यक्रम सहि किसान र सहि क्षेत्रमा रहेको समेत अनुगमन टोलीले बताएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले आवश्यक सिप, प्रविधि र विषधी लागत साझेदारीमा पाउदा कृषि व्यावसाय अझ बढाउने इच्छा जागेको किसानहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार