भोजपुरको अखुवा खोलामा गाडिएको अबस्थामा शव फेला

भोजपुर नगरपालिका टक्सारका पारपानीका १८ बर्षिय दिप्सन प्रधान अखुवा खोलामा मृत फेला परेका छन ।
गत शुक्रवार साथिहरु सङ्ग जङ्गल गएका थिए ,उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शब अखुवाखोलामा गाडीएको अबस्थामा आइतबार राती शब भेटिएको हो ।

मृग मार्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृग ठानेर भरुवा बन्दुकले हान्दा साथिको मृत्यु भएको हो । घटनालाई लुकाउनको लागि अखुवा खोलाको बगरमा पुरेको उनिहरुको भनाई छ ।

मृतकका आफन्तले २४ गते खोजिकालागि जिल्ला प्रहरी कार्यलयमा उजुरि दिएका थिए । जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुखले भने ,हामिले मानिस हराएको सुचनाको आधारमा हामिले खोजी गर्दा गए राती शब भेटिएको हो ,तक्कालै हामिले घटनामा सम्लन ६ जनालाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार