राउते खोलामा भएको सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ

भोजपुर । टेम्कैमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ ।

पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्याकमा काम गर्दै आएका ठेकेदार वालम राईलाई पक्राउ गरी अनुशाधान थालिएको प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए ।

उनीहरुलाई मंगलबार विहान पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी क्षेत्रीले बताए । क्षेत्रीले उक्त घटना प्रति आफु पनि चिन्तीत रहेको बताउदै पोस्माटम र सिमेरा रिर्पोट आउन वाकी रहेको र उक्त रिपोट आए पछि थप अनुशन्धानमा सहज हुने बताए । उनले आफुलाई अनुशन्धान गर्न दिन आग्रह गर्दै घटनाको अनुशन्धान गरी सत्यतथ्य बाहिरा ल्याएर छाड्ने बताएका छन् ।

जेठ ३१ गते टेम्कैमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा अटिएका सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार