धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या

सुनसरी । सुनसरीको धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । लुटेरा समुहको गोली प्रहारबाट घाइते भएका बिराटनगरका रोहित चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । धनकुटाको मुलघाटबाट विराटनगर आउदै गरेका विराटनगर-५ का २८ वर्षीय चौधरी माथि अपरान्ह हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा फरार भएका छन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार