व्यापारिक विश्रामका दिन विहानी फुटबल क्लवको आयोजनामा वजारवासी जुटे धार्मिक स्थाल सरसफाईमा

दिवस श्रेष्ठ

भोजपुर । भाुजपुरमा बजार वन्दको दिन वजारवासी धार्मिक स्थाल सरसफाईमा जुटेका छन् । उद्योग वाणिज्य संघले हप्ताको प्रत्येक शुक्रवार पशलहरु बन्द गर्ने निर्णय गरि शुक्रवार पशलहरु बन्द हुने भएकाले सवै जुटेर धार्मिक तथा सार्वजनिक स्थलहरु सरसफाईमा जुटेका हुन ।

आफ्नो ठाउँ आफै बनाऔँ भन्ने मुल नाराका साथ विहानी फुटबल क्लवले आयोजना गरेको सरसफाई कार्यक्रममा आज (शुक्रवार) भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिर लगायतका मन्दिर आसपासका क्षेत्रहरु सिद्धकाली मन्दिर जाने बाटो, धारा र राधाकृष्ण मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।

थोरै समय भए पनि सामाजिक कार्यमा लाग्न सजग युवा तथा व्यावसायीहरुले अनुरोध समेत गरेका छन् । भोजपुरमा प्रत्येृक शुक्रवार स्थानीय ब्यवसायी, स्थानीय युवा र स्थानीयहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिदै आएको छ । गत शुक्रवार भोजपुरको शप्तधारमा सरसफाई कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार