भोजपुरमा ४१ औँ वी पी स्मृति दिवसको सप्तव्यापी कार्यक्रमको अन्तिम दिन पिप्लेमा वृक्षारोपण गरि समापन

भोजपुर । भोजपुरमा ४१ औँ वी पी स्मृति सप्तव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन अनुसार भोजपुरमा पनि उक्त विपी स्मृति दिवसका अवसरमा सुरु गरिएको वि पी सप्ताहा कार्यक्रम आज (शुक्रवार भोजपुर नगरपालिका वडा नं. ५ पिप्लेमा वृक्षारोपण गरि समापन गरिएको हो ।

नेपाली कांग्र्रेसको जिल्ला कार्य समितिको नेत्रित्वमा पार्टीका भात्रृ संगठन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको सप्ताहा व्यापी कार्यक्रममा जिल्ला अस्पताल भोजपुरमा फलफुल वितरण, वि पी स्मृती भवनमा वृक्षरोपन, ४० औँ स्मृति मा रोपएिका विरुवाहरुको गोडमेल मलजल गरिएको थियो भने आज अन्तिम दिन पिप्लेमा वृक्षारोपण गरि समापन गरिएको तरुणदल जिल्ला कार्य समिति भोजपुरका अध्यक्ष ज्योती पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार