कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल

काठमाडौं । कोशी प्रदेश सरकार गठनको समीकरणलाई लिएर दलहरुले आ-आफ्नै पक्षमा बहुमत पर्याउने गरि छलफललाई अघि बढाएका छन् ।

सत्तागठन्धन दलका शीर्षनेताहरुबीच कोशी प्रदेश प्रमुखको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताहरु गठबन्धन दलकै नेतृत्वमा सरकार गठन गर्ने छलफलमा जुटेका हुन् ।

सत्तासाझेदार दलबीच कोशी प्रदेश सरकार गठनका लागि तीनवटा विकल्पमा छलफल भइरहेको छ । पहिलो जुन दलको नेतृत्वमा बहुमत पुग्छ उसकै नेतृत्वमा सरकार गठनका लागि विकल्प खुल्ला राख्ने, दोस्रो राप्रपालाई गठबन्धनमा सहभागी गराउने र तेस्रो राप्रपा सहमतिमा नआएर सभामुखलाई राजनीनामा गराएर भएपनि सरकार गठनका लागि बहुमत पुर्याउने कसरतमा जुटेका छन् ।

विपक्षी नेकपा एमालेले पनि प्रदेशको ठूलो दल भएको भन्दै सरकार गठनका लागि सबैदलहरुसँग छलफल गरिरहेको जनाएको छ ।

कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन निर्णायक देखिएको राप्रपा भने अहिले कतै खुलेको छेन । राप्रपाले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्ने भनिरहेपनि आफ्नो कारणले सरकार गठन नहुने देखिए मात्र अन्तिम अवस्थामा निर्णय गर्ने भन्दै आएको छ ।

कांग्रेस नेतृत्वको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै बदर गरिदिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिजोमात्र साउन १६ गतेभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीको दावी पेस गर्ने दलहरुलाई आह्वान गरेका छन् । सत्ता गठबन्धनदलमा सभामुख बाहेक ४६ सांसद रहेको छ भने एमालेको ४० र राप्रपाको ६ गरि ४६ सांसद रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार