भोजपुरमा दुई गर्भवती महिला सहित डेंगी संक्रमण हुनेको संख्या ४० पुग्यो

भोजपुर । जिल्ला अस्पताल भोजपुरमा डेंगी संगै विरामीको चाप बढ्दै गएको छ । भोजपुरमा हाल २ जना गर्भवती महिला सहित ४० जनामा डेंगी संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

जिल्ला अस्पताल भोजपुरमा १ सय ७ जनामा परिक्षण गर्दा ३० जनामा डेंगी संक्रमण भएको छ भने पौवादुङमा गाउँपालिकामा ६, टेम्केमैयुङ गाउँपालिकामा २, र रामप्रसाद राई गाउँपालिकामा १ र साल्पासिलिछो गाउँपालिकामा १ गरी  ४० जना  डेंगीबाट सङ्क्रमित भएका छन् ।

पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको छ ।

यता टेम्केमैयुङ गाउँपालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि डेंगी नियन्त्रणका लागि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । जिल्ला अस्पताल भोजपुरमा दैनिक २ सय भन्दा वढि विरामी चेक जाचका लागि आउने गरेको मध्ये धेरै जसो ज्वारो, रुघाखेकीकै विरमी आउने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा. शिवजी रिजालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार