मिर्चैयास्थित एक होटलमा एक जनाको शव फेला

सिरहा । मिर्चैयास्थित एक होटलमा एकजनाको शव फेला परेको छ । मिर्चैया ५ कटारी चोकमा अवस्थित शम्भु होटेलमा मृत अवस्थामा एक व्यक्तिको शव फेला परेको हो ।

मृतक बिराटनगरको पाथीभरा कापी उद्योगका संचालक बिराटनगर १० का २५ वर्षीय सिद्धान्त भट्टराई हुन् । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया आएका थिए ।

अबेर भएपछि शम्भु होटलमा बास बसेका उनी माथिल्लो तल्लाबाट तल खसेको अवस्थामा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख ९डीएसपी० जितेन्द्र बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार