भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु

भोजपुर । भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु भएको छ । मंगलवार भोजपुरको उद्योग वाणिज्य संघ भोजपुरको सभा हलमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरको आयोजनामा भएको पार्टी सांगठनीक सुदृढिकरण कार्यक्रम सुरु भएको हो ।

भोजपुरको ९ वटै स्थानीय तहमा भएका कमीकमजोरी पहिल्याई अन्तरक्रिर्या मार्फत सुधारको मार्ग तय गर्ने प्रमुख अतिथि तथा केन्द्रिय प्रतिनिधि मनोहर नारायण श्रेष्ठले बताए । क्षेष्ठले यो भेलाले वडा, पालिका, जिल्ला, प्रदेश तथा केन्द्रले गरेका कामहरु सन्तोषजनक भए नभएको तथा गलत भएका क्षेत्रमा सुधार कसरी गर्न सकिन्छ भनी पार्टीका र्शीष नेता तथा पदाधिकारीहरुको उपस्थितीमा छलफल गर्ने उदेश्यले आयोजना गरेको बताएका छन् । उनी जिल्लाको ९ वटै स्थानीय तहमा गएर पार्टीका कमीकमजोरीका बारेमा अन्तरक्रिर्या गरी सुधारको मार्ग तय गर्ने र जिल्ला तथा पालिका स्तरमा उठेका समस्याहरु केन्द्रिय कार्य समितिमा पेश गर्ने समेत बताएका छन् ।

यता कांगैसकमा नेता तथा कार्यकर्ताहरुले पार्टीको सांगठनीक सुदृढिकरणका लागी नेता तथा कार्यकर्ताले भएका कमी कमजोरीलाई सुधार्दै आ–आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका छन् । पार्टीका जिम्मेवार पदाधिकारीहरु तथा नेता कार्यकर्ताकै कमी कमजोरीका कारण पार्टीको अवस्था कमजोर भएको औल्याएका छन् । पार्टीले सिद्धान्त, योग्दान तथा विचारका आधारमा गुट उपगुट भन्दा माथी उठेर युवा र सक्षम व्यक्तिलाई जिम्मेवारी दिन आवश्यक रहेको सुझाएका छन् । साथै चुनाव भन्दा अघिपछि पनी गाउँमा पार्टी विशेष कार्यक्रम लिएर आउन जिल्ला कार्य समितिलाई वडा सभापतीहरुले आग्रह गरेका छन् ।

११ जनाले गरे पार्टी प्रवेश

सोहि क्रममा तरुण दलका नेता मायालु मोक्तानको पहलमा चन्द्र कुमारी तामाङ, अञ्जली तामाङ, फुर्वा शेर्पा लगायत ११ जनाले पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि मनोहनारायण श्रेष्ठ, प्रदेश सदस्य कैलाश कुमार आले, सभापती विनोद वान्तवा, पुर्व सभापती नन्दमणी राई लगायत नेताहरुले अविर खादा सहित सदस्यता कार्ड वितरण गरी पार्टी प्रवेश गराए समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार