मन्त्री किरातीले गरे भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन् । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुदा सेवा प्रवाहमा समस्या भएको भन्दै पाँच करोड ४५ लाख लागतमा निर्माण हुन लागेको ट्रमिनल भवन आज (शुक्रवार) मन्त्री किरातीले शिलान्यास गरेका छुन् ।

करिव एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिना भित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदिप अधिकारीले जानकारी दिए । हाल वन्न लागेको टर्मिलन भवन भविष्यलाई समेत ध्यानमा राखेर ४५ सिटे जहाज दुई वटा वस्दा पनि धान्ने बन्ने बताईएको छ ।

टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित पाँच करोड ४५ लाख लागतमा एक वर्ष ६ महिनामा काम सम्पन्न गर्ने गरी आर वि अर्वन विल्डर्स एण्ड सप्लायर्स कम्पनील ठेक्का पारी काम सुरु गरेको छ । करिव एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमान स्थल वि. स. ३०३५ अर्थात आज भन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो ।

पाँच सय ४५ मिटर लम्बाई र ३० मिटर चौडाई रहेको टक्सार विमान स्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमान स्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर काठमाण्डौ उडान भर्दै आएको छ । शिलान्यास कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कोशी प्रदेश सभा सदस्य विनोद बान्तवा राई, भोजपुर नगरपालिका मेयर कैलास कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी तथा सरोकारवाला निकायहरुको उपस्थिितिमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार