अनेरास्ववियु भोजपुरको सम्मेलन असोज १९ र २० गते हुने

भोजपुर । अनेरास्ववियु जिल्ला भोजपुरको जिल्ला सम्मेलन आगामी असोज १९ र २० गते हुने भएको छ । जिल्ला कमिटीको २० औं बैठकले बुधबार सुशील कार्कीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला सम्मलेन आयोजक कमिटी गठन गर्दै सम्मेलनको मिति तथा स्थान तय गरेको हो ।

केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रताप तामाङको प्रमुख आतिथ्यतामा र नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्ष शरण कुमार राईको विशेष आतिथ्यतामा सम्मेलन आयोजक कमिटी गठन गरिएको हो । आयोजक कमिटीको उपाध्यक्षमा सुमि राई, सचिव निसान राई, सहसचिव खगेन्द्र राई, सहसचिव सबिना बानियाँ र कोषाध्यक्ष बृटिस राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार