संग्रह सेयर कोशी कार कोशी पुलमा, चिकित्सक बेपत्ता

सुनसरी । बराहक्षेत्र र उदयपुरबीचको कोशी पुलमा कार छाडेर एक चिकित्सक आज बिहानदेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्द चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको सवारी साधन कोशी पुलमा छाडेर डा। प्रज्ज्वल कोइराला बेपत्ता भएका हुन् ।

डिएसपी चौधरीका अनुसार डा। कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक हुन् । स्थानीयले आज ९सोमबार० बिहान ४ बजे कोशी पुलमा बेवारिसे कार देखिएको प्रहरीलाई जानकारी दिएपछि खोजी गर्दा कार डा। कोइरालाको भएको तर उनी फेला नपरेको प्रहरीले बताएको छ ।

बेपत्ता चिकित्सक कोइरालालाई कोशी नदी, आसपासका जंगल र होटलहरुमा खोजी कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार