भोजपुरमा रास्वपाले संगठन विस्तार गर्दै

भोजपुर । भोजपुरमा रास्वपाले संगठन विस्तार गर्न थालेको छ । भोजपुर जिल्लामा पार्टी कार्यालय स्थापना भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहहरुमा संगठन विस्तार सुरु गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ द्योदलेखानीमा उदिम तामाङको सभापतित्वमा वडा समिति निर्माण भएको हो । ११ सदस्यीय वडासमितिको उपसभापतिमा सिता तामाङ, सचिव अर्जुन भुजेल र कोषाध्यक्षमा बिना तामाङलाई चयन गरिएको छ ।

यस्तै अन्य सदस्यहरुमा सरु तामाङ, प्रमिला दर्जी, प्रविन भुजेल, कलल मगर, टिकाराम तामाङ, कुमार तामाङ र बिजय भुजेल चयन हुनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार