निजामती कर्मचारी दिवसका दिन जिल्ला प्रशासन कार्यालय भोजपुरमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ ।
शुक्रवार नगरिक्ता लिन आउने एक महिला आएको १५ मिनेटमा नागरिक्ता पाए पछि जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले नागरिक्ता प्रदानसंगै खादा ओढाएर सम्मान गरेका हुन् ।
यस्तै दिवसको अवसरमा प्रशासन आसपासमा खाली रहेका जमीनमा विरुवा समेत रोपीएको छ ।