धनकुटामा विधुतिय चार्जिङ स्टेसनको उद्यघाटन

धनकुटा । धनकुटामा पुर्वि पहाडमै पहिलो पटक विद्युतीय सवारीसाधनको लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । स्थानिय व्यवसायी मिलन खड्काले करीब १७ लाख रुपैयाको लागतमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् ।

जसमा नेपाल प्राधिकरणले निसुल्क ट्रान्सफर्मर दिएको छ । त्यस्तै चार्जिङ प्वाईन्ट सिजि ग्रुपले उपलब्ध गराएको सञ्चालक खड्काले जानकारी दिए । तिस किलोवाट क्षमताको यो स्टेसनमा एक पटकमा एउटा सवारीसाधन चार्ज गर्न मिल्ने र ४० मिनेटमा फुल चार्ज हुने उनको भनाई छ ।

यो पुर्वि पहाडको पहिलो चार्जिङ स्टेसन हो । तराईका जिल्लामा चार्जिङ स्टेसन निर्माण भए पनि पुर्बका अन्य पहाडी जिल्लामा भने चार्जिङ स्टेसन बन्न सकेको छैन । यो चार्जिङ स्टेसनको धनकुटाका प्रदेश सभासदश्यद्धय ईन्द्रमणी पराजुली र निरन राईले संयुक्त रुपमा सोमवार उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार