अरुण गाउँपालिकामा अम्वर मगरको नेतृत्वमा १५ सदस्य सास्कृतिक संघ गठन

भोजपुर । भोजपुरको पुर्वीअरुण गाउँपालिकामा अम्वर मगरको नेतृत्वमा १५ सदस्य सास्कृतिक महासंघ गठन भएको छ ।

नेपाली काङग्रेसको शुभेच्छुक संस्था नेपाल सास्कृतीक संघको पालिका स्तरिय सास्कृतिक संघको समिति सदस्यमा अनिता आले, देवी मगर, कल्पना आले मगर, सुजला थामी, कोपीला राना मगर, लक्ष्मी पुजा श्रेष्ठ, प्रतिक्षा कार्की, सृजना राई, अनिष मगर, छविराम दर्जी, दिल कुमार लामकादे, पुजन आचार्य, अनिसा अधिकारी, लिलाहाङ राई सहितको कार्य समिति चयन भएको गाउँपालिका पार्टी अध्यक्ष श्रीकुमार राईले जानकारी दिए ।

नवगठित समितिलाई बधाई दिदै कला, साहित्य, नाचगान सगैँ कलाकर्मीहरुको हक, अधिकारका लागी एकजुट भएर लाग्न समितिका पदाधिकारी सबैलाई केन्द्रिय सदस्य पारस मुकारुङले आग्रह गरेका छन् भने प्रदेश सास्कृतीक संघका उपसभापती मनोज कार्कीले कला, साहित्यका क्षेत्रमा छरीएर रहेका प्रतिभाहरुलाई खोज तथा उजागर गर्न टेवा पुर्याउनुका साथै सामाजिक र राजनैतीक क्रियाकलापमा सहभागी भएर प्रभावकारी भूमीका निर्वाह गर्न आव्हान गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल सास्कृतीक संघ केन्द्रिय सदस्य पारस मुकारुङ, नेपाली काङ्ग्रेस कोशी प्रदेशका सदस्य तथा प्रमुख अतिथि कैलाश कुमार आले, , प्रदेश उपसभापती मनोज कार्की, नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपाध्यक्ष गजेन्द्र बहादुर कार्की, तरुणदल भोजपुरका अध्यक्ष जोती पौडेल, नेपाल विद्यार्थी संघका अध्यक्ष टार्जन राई, नेपाली काङग्रेस अरुण गाउँपालिकापार्टी अध्यक्ष श्रीकुमार राई, नेता सालीकराम खत्री, विनिता ढकाल लगाउत नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न् भएकमो थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार