सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेत्रित्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न, १०५६ मत खस्यो

भोजपुर । भोजपुरमा खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वको लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

विहान ८ वजेबाट सुरु भएको मतदानमा कुल १ हजार ९ सय ५१ मध्ये १ हजार ५६ मत खसेको छ । समितिको बिद्यान २०५७ संसोधन सहितको दफा १२ ९१० बमोजिम मुल कार्य समिति गठन प्रक्रियाका लागि बिहान विहान ८ बजेबाट ५ वजे सम्म मतदान गरिएको थियो ।

९ पदाधिकारीका लागि मतदान गरिएको हो । मतदान सकिएकाले केहि समय पछि मग गणना हुने निर्वाचन समितिका संयोजक भीषण श्रेष्ठले बताए ।

आज भएको निर्वाचनमा तुफान किराँतको समुहबाट उपाध्यक्षमा लिलामाया तामाङ, सचिव सुदीप कार्की, कोषाध्यक्ष कृष्णमाया तामाङ, खुल्ला सदस्यमा नारायणबहादुर कार्की, डम्बर कुमार श्रेष्ठ, महिला सदस्य लक्ष्मी कुमारी खत्री, जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दास रहेका छन् भने राजकुमार श्रेष्ठको तर्फबाट उपाध्यक्षमा निर्मला राई, सचिव घमचन्द्र दाहाल, कोषाध्यक्ष कृष्ण कुमारी बिश्वकर्मा, खुल्ला सदस्यमा चित्रबहादुर प्रधान, रमन राई, महिला सदस्य सुशिला तामाङ, जनजाति सदस्य दीपबहादुर श्रेष्ठ र दलित सदस्यमा दुर्गा रणपहेली प्रतीस्पर्धामा उत्रिएका थिए ।

भोजपुरमा भोजपुर नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८, ९ र १२ गरी छ वटा वडाका दुई हजार दुई सय घरधुरीले सिलिचुङबाट बितरित पानी उपयोग गर्दे आई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार