भोजपुर वहुमुखी क्याम्पसका कर्मचारी र प्रध्यापकले चार महिनाको तलव नपाउँदा समस्या

भोजपुर । भोजपुर वहुमुखी क्याम्पस भोजपुरमा कार्यरत प्रध्यापक र कर्मचारीहरुले चाडपर्व भत्ता समेत गरी चार महिना देखि तलव नपाउदा समस्यामा परेका छन् ।

नेपालीहरुको महान पर्व दशै तिहार आईसक्दा पनि क्याम्पस प्रशासनले तलव भुक्तानी नर्गदा आफुहरुलाई समस्या भएको भन्दै तत्काल तलव निकासा गर्न विज्ञाप्ती मार्फत माग गरेका छन् । चाडवर्प भत्ता सहित चारै महिनाको तलव निकासा नदिए २५ गतेबाट थप आन्दोतीत हुने प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले विज्ञाप्ती जारी गर्दै विज्ञाप्ती मार्फत भनेको छ ।

प्रध्यापक र कर्मचारीलाई तोकिएको पारिश्रमिक नियमित रुपमा उपलव्ध गराउने र तोकिएको जिम्मेवरी पुरा गराउन अनुगमन गर्ने क्याम्पस प्रमुखको दायित्व रहेको भन्दै कर्मचारी र प्रध्यापकले पाउने तलव भत्ता नदिने क्याम्पस प्रशासन गैर जिम्मेवार भएको प्रजातन्त्रवादी प्रध्यापक संघ इकाई समिति भोजपुरका सभापति वेनुबहादुर कार्की र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईको संयुक्र हस्तक्षेरित विज्ञनप्तीमा उल्लेख गरिएको छ ।

श्रावण महिना देखि असोज महिनासम्म र दशै तिहार पर्व मान्नका लागि विश्वबिद्यालयले उपलब्ध गराउने पर्व खर्च समेत गरी चार महिनाको तलव भत्ता अहिलेसम्म उपदब्ध नगराउने क्याम्पस प्रमुखको कार्यप्रति संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईले बताए ।

प्रध्यापकहरुले मौखिक रुपमा वाराम्वार जानकारी गराउदा पनि क्याम्पस प्रमुखले आलटाल गरेका कारण विज्ञाप्ती मार्फत तलव माग गर्नु पर्ने अवस्था सिर्जना भएको प्रजातन्त्रवादी प्रध्यापक संघ इकाई समिति भोजपुरका सभापति वेनुबहादुर काकीले बताए ।

यता क्याम्पस प्रशासनले भने क्याम्पसमा कार्यरत प्रध्यापक र कर्मचारीहरुको तलव निकासामा त्रिवी केन्द्रिय कायालयले तलव नपठाएका कारण दिन नसकेको भोजपुर बहुमुखी क्याम्पस भोजपुरका क्याम्पस प्रमुख भुलनाथ राईले बताए । क्याम्पसले पुरै तलव नभए पनि केहि तलव दिनका लागि चैक वैक पठाएको प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार