भोजपुरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु

भोजपुर । भोजपुरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं ५ फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आइतबार भिरबाट लडेर गम्भिर घाइते भएका राईको उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो । घटना पश्चात आवश्यक पक्रिया गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
मृतक राई पर्यटनको क्षेत्रको विज्ञ ब्यक्तिसमेत हुन । राई साल्पासिलिचुङ संरक्षण तथा बिकाश समितिको अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार