जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प

जाजरकोट । जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज ९सोमबार० अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । पहिलो परकम्प महसुस भएको ९ मिनेटपछि पुनस् जाजरकोट केन्द्रविन्दु भएरै ४।५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।

त्यहाँ रिपोर्टिङमा रहेका कान्तिपुर टेलिभिजनका सहकर्मीहरुका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिस त्रसित भएका छन् । आजको भूकम्पको झट्काले रामीडाँडाको कृपाचौर र धौलाकोटमा केही घर भत्किएका छन् भने भेरी नगरपालिकामा एउटा घर र पाँच कटियामा तीनवटा घर भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

शुक्रबार राति भएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ७ हजार परिवार विस्थापित भएका छन् । यस्तै भूकम्पबाट १५३ जनाको ज्यान गएको छ ।भूकम्पमा परी जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । यसअघि जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएकामा जिल्ला प्रशासन कार्यालयले चार जनाको नाम दोहोरिएको जनाएको छ ।

ठूलो भूकम्प भएपश्चात लामो समयसम्म त्यसका परकम्प आउने गर्छन् । भूकम्पको यो धक्कालाई पनि परकम्पका रूपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार