अपाङ्गता भएका ब्यक्तिलाई क्षमता अभिवृद्धि तालिमसंगै वीलचियर वितरण

भोजपुर । भोजपुर नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । कोशी प्रदेश सरकार र भोजपुर नगरपालिकाको सहकार्य र करुण फाउन्डेशनको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिमसंगै वीलचियर वितोरण गरिएको हो ।

भोजपुर नगरपालिका भित्र रहेका २२ जना अपाङ्गता भएका व्यात्तिलाई सामग्री वितरण गरेको अपंगता सायता सहजकर्ता सुजन श्रेष्ठले बताए । वीलचियर, टोईलेटचियर, एल क्यान, लुम्बर वेल्ट, डिपर, ह्वाईट क्यान, इयर म्याटेस लगायतको सामग्री वितरण गरेको श्रेष्ठले जानकारी दिए ।

आज (शुक्रवार) भोजपुर नगरपालिकाको वैठक कक्षमा भएको कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले र उपप्रमुख निर्मला शेर्पाले संयुक्त रुपमा सामग्री वितरण गरेका हुन् ।

भोजपुर नगरपालिका भित्र २ सय ८३ जना अपाङ्गता भएका व्याक्ति रहेका बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार