विहिवारबाट भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु (फोटो फिचर)

भोजपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउने उद्धेश्यका साथ भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको हो ।

सप्ताब्यापी कार्यक्रम अन्तर्गत भोजपुर सदरमुकाममा प्रभात फेरी सहितको सन्देशमुलक कार्यक्रम आयोजना भएको छ । बिहिवार बिहान बिभिन्न सन्देशमुलक नारा सहितको प्रभात फेरीले बजार परिक्रममा गरेको थियो । सो पश्चात आयोजित कार्यक्रमका सहभागीहरुले ट्राफिक नियम र सडक अनुशासन पालना गर्न जरुरी रहेको धारणा राख्दै अनुगमन र कारवाही प्रक्रियालाई पनि अगाडी बढाउनु जरुरी रहेको बताउनु भएको छ ।

सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसको न्युनीकरण गर्न व्यक्ति आफै सचेत हुनु पर्ने धारणा सहभागी बक्ताहरुको छ ।

सप्ताहब्यापी कार्यक्रममा यात्रु, चालक र प्रहरी बिचको सम्बन्धलाई नजिक बनाउने, समुदाय–विद्यालय साझेदार कार्यक्रम सञ्चालन, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिने छ ।

यसका साथै लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालालाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोगसम्बन्धी चालक यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सचेतनामुलक कार्यक्रममा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, बिद्यालयका शिक्षक बिद्यार्थी, प्रहरी, सवारी साधनका चालकहरु, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार