सल्यान १६ असार । सल्यानमा शिक्षकको कुटपिट बाट बिद्यार्थी घाइते भएका छन । जिल्लाको त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्र बहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत विद्यार्थी १२ बर्षका अरुण विकलाई कुटपिट गरि घाइते बनाएका हुन ।
आइतबार दिउँसो कक्षामा साथीहरू सँग खेलिरहेको बेला शिक्षक डाँगीले फलामको स्केल प्रयोग गरि रगताम्य हुने गरि कुटपिट गर्दा घाइते भएको आमा तुलसी बिकले जानकारी दिएकी छन । कुटपिट बाट टाउकोमा गहिरो चोट लागि रगत धेरै बगेको उनले बताइन ।
यश विषयमा आमाले इलाका प्रहरी कार्यलय लुहाममा उजुरी दिएको बताइन । दलित भएकै कारण आफ्नो छोरालाई कुटपिट गरेको आरोप पनि लगाएकी छन । ति शिक्षकले पहिले पनि छोरालाई कुटपिट गर्ने गरेको बताइन ।
इलाका प्रहरी कार्यलय लुहामका इन्चार्ज रेशम पौडेलले यश बारेमा उजुरी परेकाले छानबिनको प्रक्रिया अगाडि बढाईने बताउनु भयो । घाइते उनको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।