काभ्रे । जिल्लाको बनेपा नगरपालिका-८ वाँख्योटोलमा रहेर संचालनमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् ।
बचतकर्ताको करिब ३ करोड अपचलन गरेको आरोपमा युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् ।
बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ ।
प्रहरीले कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार सहकारीको रकम अपचलन सम्बन्धि पक्राउ परेका संग थप अनुसन्धानको कार्य भईरहेको प्र जनाकारी दिनुभएको छ।