असार १७, सल्यान । सल्यानमा बहुला कुकुरको टोकाई बाट ५ जना घाइते भएका छन । सोमबार खलंगा र श्रीगरका बिभिन्न स्थानमा बहुला कुकुरले टोकेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
घाईते हुनेहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका कार्यलय प्रमुख भिम पाण्डे, इलाका प्रहरी कार्यलय श्रीनगरमा कार्यरत प्रहरी हवल्दार भिम बहादुर खडका रहनु भएको छ ।
यस्तै शारदा नगरपालिका १ पटनेरीकी कमला खडका, सोही ठाउँकी धर्मा खडका र बल बहादुर हमाललाइ बहुला कुकुरले टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी हवल्दार खडकालाई डिउटीमा रहेको बेला टोकेको हो भने परियोजना एकाइ प्रमुख पाण्डे लाई मोटरसाकाईकलमा हिडिरहेको बेला टोकेर घाइते बनाएको हो ।
बाकि स्थानिय ३ जनालाई पनि फरक फरक स्थानमा टोकेको उहाँले बताउनु भयो । घाइते ५ जना मध्य ४ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार पछि घर फर्किएका छन भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका कार्यलय प्रमुख भिम पाण्डे उपचारको लागि सुर्खेत गएको बताउनु भयो ।
स्थानियका अनुसार उक्त कुकुरले अन्य कुकुरलाई पनि टोकेको पाइएको छ । बहुला कुकुरलाई प्रहरी, शारदा नगरपालिकाको पशु सेवा शाखा र स्थानियले नियन्त्रणमा लिएर मारिसकेको सुचना अधिकारी धमलाले बताउनु भयो ।