भोजपुर । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुंगालाई हराउँदै भोजपुर फाइनल प्रवेश गरेको छ ।
दुवै जिल्ला बिच आइतवार भएको सेमिफाइनल खेलमा ओखढुंगालाई शुन्यकोविरुद्ध दुई गोल गर्दे भोजपुरको टिम फाइनल प्रवेश गरेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनभयो । खेलको तीन मिनेटमा भोजपुरका तर्फबाट आशिका कार्की र छैटौ मिनेटमा सबिना तामाङले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।
प्रतियोगिताको प्लेयर आफद म्याच भोजपुरक आरती भुजेल हुनुभयो । उहाँले मडल सहित नगद दुई हजार हात पार्नु भयो । अवको फाइनल खेलमा जितका लागि भोजपुरले झापासँग सामना गर्ने छ ।
जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख रुपैयाँको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, बेष्ट फरवार्ड, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार रुपैयाँ तथा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही दुई हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइनेछ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङले जनाएको छ ।