संखुवासभा । चैनपुर नगरपालिका(११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । चैनपुर(११ केराबारीकी मेनुका खतिवडा घाइते भएकी हुन् । प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार घर नजिकै रहेको मकै बारीको टहरामा सुतिरहेकी खतिवडा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् ।
बन्दुक पड्काएको आरोपमा प्रहरीले चैनपुर(११ का किङरिङका ३७ वर्षीय लंक तामाङ भन्ने अनिल कुमार तामाङ र तुलसी जिमीलाई लोड भएको दुई वटा भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त घटना असार ४ गते भए पनि असार २१ गते मात्र बाहिर आएको हो । घाइते महिलाको थप उपचारका लागि काठमाडौँ लगेपछि मात्र बाहिर आएको हो । प्रहरीले उनीहरूको साथबाट असार २२ गते एक थान बरुवा बन्दुक र ४ सय ३२ ग्राम बारुद समेत बरामद गरेको छ ।
दुम्सीलाई हानेको बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् । प्रहरीले महिला माथि बन्दुक प्रहार गर्ने दुई जनालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।बारीको टहरामा मकै रुँघेर सुतिरहेकी खतिवडाको ढाडको दाहिने पट्टि भरुवा बन्दुकको छर्राले लागेको छ ।
घाइते खतिवडाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तामाङ र जिमीलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।