काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा एमालेले पनि यसअघि नै आफ्ना सांसदहरूलाई विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राख्ने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्ने निर्णय गर्ने छ । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।