डिविजन वन कार्यालय भोजपुरको चालु आर्थिक वर्ष २०८०/०८१ समिक्षा वैठक सम्पन्न


भोजपुर । डिविजन वन कार्यालय भोजपुरको आर्थिक वर्ष २०८० /०८१ मा संचालन भएका कार्यक्रमहरुको समिक्षा गर्दै जिल्ला वन क्षेत्र समन्वय समितिको वैठक सम्पन्न भएको छ । वैठकमा चालु आर्थिक वर्षमा भएका उपलव्धी, राजस्व संकलन, वेरुजुको अवस्था, बन क्षेत्रको जग्गा भोगाधिकार, समस्या र समधानको विषयमा छलफल भएको थियो । डिविजन वन कार्यालय भोजपुरले आर्थिक वर्ष २०८० /०८१ मा प्रदेश सेवा शुल्क तथा विक्री, अन्य प्रशासनिक सेवा शुल्क, वन क्षेत्रको रोयल्टी मार्फत ९५ लाख १४ हजार ९ सय १० संकलन गरेको छ भने मूल्य अभिवृदी कर मार्फत ८ करोड ६२ लाख ४२ हजार ८ सय ९९ रुपैँया संकलन गरेको विविजन वन कार्यालय भोजपुरका कार्यालय प्रमुख विरेन्द्र शाहले वैठकमा जानकारी दिए । वन डिविजन कार्यालयमा ६.५७ प्रतिशत वेरुजू रहेकोमा वेरुजु फर्छ्यौट गरी हाल ३.१३ प्रतिशतमा झारेको छ । कार्यालयले एक यस आर्थिक वर्षमा ६० वटा सामुदायिक वन समुह र २३ वटा कवुलियती वन समुहको विधान कार्ययोजना नविकरण गरको, ४ वटा सव डिविजन कार्यालय मार्फत ८० हजार विरुवा वृक्षरोपन, २० हजार वहुवर्षिय विरुवा उत्पादन , सडकमाको छेउमा विरुवा रोपन , बन्यजन्तुका लागि वासस्थान संरक्षण र २ वटा पोखरी निर्माण गरिएको प्रमुख विरेन्द्र शाहले बताए ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ मा राम्रो काम गर्ने सामुदायिक वन र कवुलियती बनलाई पुरस्कृत समेत गरेको छ । राम्रो काम गरेको भन्दै सामुदायिक वन उपभोक्ता समितिबाट तिनतले सामुदायिक वन समुह अरुण गाउँपालिका २ चम्पे प्रथम, नयाँखर्क सामुदायिक वन उपभोक्ता समूह, टेम्केमैयुङ १, तिम्मा दोश्रो र सितेडाँडा सामुदायिक वन उपभोक्ता समूह, रामप्रसादराई गा.पा.६, बैकुण्ठे तेस्रो भएको छ । प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १६ हजार र १२ हजार प्रदान गरिएको छ भने कवुलियती बन तर्फ माकीडाँडा कबुलियती वन समूह, पौवादुङ्मा ३, च्याङ्ग्रे प्रथम, कोषालुङ्ग कबुलियती वन समूह, आमचोक ३ थिदिंखा दोस्रो र गोलेटार कबुलियती वन समूह, अरुण ४, चरम्बी तेस्रो भएको छ । प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १२ हजार र १० हजार प्राप्त गरेका छन् ।
यस्तै वन अधिकृत शिवनारायण मण्डल, सहायकस्तर पाँचौं सिताराम ओझा, वन रक्षक कोशन श्रेष्ठ र कार्यालय सहयोगी जय बहादुर तामाङ्गलाई उत्कृष्ट कर्मचारीमा घोषित गरी कदर पत्र प्रदान गरेको छ ।
शुक्रबार डिविजन वज कार्यालयको वैठक कक्षमा जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ राईको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, भिन्नि कार्यालयका कार्यालय प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथ वन समुहका प्रतिनिधिहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार