बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न साउन १३ मा सम्झौता हुँदै

काठमाडौँ । बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपालले आगामी साउन १३ मा त्रिपक्षीय सम्झौता गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी० र भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन०बीच सम्झौता हुने मिति तय भएको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार आगामी साउन १३ अर्थात जुलाई २८ मा त्रिपक्षीय सम्झौता हुने तय भएको हो । नेपालका ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्य मन्त्री नसरुल हमिदको उपस्थितिमा त्रिपक्षिय सम्झौता हुने मिति टुंगो लगाई निमन्त्रणासमेत पठाइसकेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए ।
‘आगामी जुलाई २८ ९साउन १३०मा मन्त्रीज्यूहरूको उपस्थितिमा काठमाडौंमा ४० मेगावाट विद्युत् बिक्री सम्झौता ९पीएसए० हुनेछ,’ उनले भने, ‘सम्झौतापछि जुलाई २९ र ३० मा पोखरामा सचिव र सहसचिवस्तरीय बैठक बस्छौं ।’ आगामी जुलाई २९ ९साउन १४०मा पोखरामा नेपाल–बंगलादेश सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुप ९जेडब्ल्युजी० र जुलाई ३० ९साउन १५०मा नेपाल–बंगलादेशका सचिवस्तरीय ९जेएससी० बैठक बस्ने मन्त्रालयले जनाएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको छ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट ९८ रूपैयाँ ५५ पैसा, आजको विनिमयदर अनुसार० पाउने जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्‌को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर ९भारत०–भेडामारा ९बंगलादेश० ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । बिजुली बिक्री हुँदा मुलुकलाई प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन् ।

बंगलादेशले गत असार २४ मा ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौता ९पीएसए० का लागि पत्र पठाएको थियो ।

बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौता अनुसार हुने गरी पााच वर्षसम्म खरिदका लागि बोलपत्र ९टेन्डर० आहृवान गरेको थियो ।प्राधिकरणले माघ दोस्रो साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्‌को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । त्यसपछि प्राधिकरणको टोली र बीपीडीबी अन्तर्गतको बोलपत्र ९बिड० मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो ।

नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमै बिजुली खरिद गर्न सहमत भएको थियो । मूल्यमा सहमति भए पनि गत जेठ २९ मा मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति ९सीसीजीपी० ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो ।

पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २४ मा प्राधिकरणलाई दिएको थियो । प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित पठाएको हो ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार