पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

दैलख । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई खोलाले बगाउँदा मृत्यु भएको छ । दैलेख महाबु गाउँपालिका ३, बाँसी घर भएका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो । नातामा सपना फुपू हुन् भने भावना भतिजी ।

गोठाला गएका किशोरीहरु छामघाटको कुन्टामा पौडी खेल्दै गर्दा बगेकामा झन्डै पाँच सय मिटर टाढा काफलखेतनजिक सपना र करिब ३ किलोमिटर टाढा जडेपिपलनजिक भावनाको शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार