खोटाङ । ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट खोटाङमा ५० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट जरिवाना वापत ५० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार एक वर्षमा साढे ६ हजार सात सय २९ वटा सवारी साधन कारबाहीबाट उक्त रकम संकलन भएको हो ।
२०८० साउनमा तीन सय ७८ सवारी साधन कारबाहीमा पर्दा दुई लाख ८५ हजार पाँच सय, भदौमा दुई सय ७२ कारबाहीबाट दुई लाख १४ हजार पाँच सय, असोजमा तीन सय ५० कारबाहीबाट दुई लाख ८४ हजार पाँच सय, कात्तिकमा तीन सय १० कारबाहीबाट दुई लाख ५६ हजार, मङ्सिरमा पाँच सय ९० कारबाहीबाट पाँच लाख १६ हजार, पुसमा पाँच सय ७० सवारी कारबाहीबाट चार लाख ४८ हजार रूपैयाँ राजश्व संकलन भएको हो ।
त्यस्तै, माघमा छ सय ३० सवारी साधन कारबाहीबाट छ लाख १५ हजार, फागुनमा सात सय ३८ कारबाहीबाट पाँच लाख ३९ हजार पाँच सय, चैतमा आठ सय ६२ बाट पाँच लाख ९२ हजार, २०८१ बैशाखमा सात सय ५० बाट पाँच लाख २८ हजार पाँच सय, जेठमा पाँच सय ५० बाट तीन लाख ७७ हजार र असारमा पाँच सय २९ सवारी साधन कारबाहीबाट तीन लाख ८८ हजार पाँच सय रूपैयाा संकलन भएको डिएसपी खड्काले बताए ।
ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रिफर, ट्रक, ट्याक्टर, जीप, कार, मोटरसाइकल, अटो लगायतबाट उक्त राजश्व संकलन भएको हो ।