अपडेट : ईर्खुवा हाईड्रो पावरबाट वाढीले बगाएको मजदुर सतीघाटमा मृत भेटिए, एक जना अझै वेपत्ता

भोजपुर । अविरल वर्षका काराण ईर्खुवा खोलामा आएको वाढिले बगाएको दुई जना मजदुर मध्ये एक जना मृत भेटिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ४ गोथे बजार स्थित रहेको इखुवा खोलामा राती साढे एक वजे आएको बाढिले सुतीरहेको अवस्थामा बाढीले बगाएको बर्दिया बारा बर्दिया नगरपालिका ५ बस्ने किष्णु थारुको छोरा वर्ष ३० को रमेश थारुको लास षडानन्द नगरपालीका, ६ सतिघाट स्थित अरुण नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठले जानकारी दिए ।

अरुण नदीको किनारामा १ जना पुरुष मानिसको लास फेला परेको भन्ने जानकारी प्राप्त भए पछि तत्कालै ईलाका प्रहरी कार्यालय दिङलाका प्रहरी बरष्ठि नायव निरीक्षक मान बहादुर मिश्रको कमाण्डमा खटिएको टोलीले हाईडोबाट बगाएको लास प्रमाणित भएको प्रहरीले जनाएको छ ।

यो स्थान हाईडोबाट ३६ किलोमिटर तल हो । उनीसंगै बाढीले बगाएका र्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु अझै वेपत्ता रहेकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  स्थानीय, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालीकाहरु लागायतको सहयोगमा थप उद्दार, खोजी कार्य जारी छ ।

बाढीले निर्माणाधीन ४.३ मेगावाटको फेदी थुलुङ खोला र १४.५ मेवा अप्पर इर्खुवा खोलामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले इर्खुवा खोला जलविद्युत आयोजनामा काम गर्ने ४ जना कर्मचारीलाई बगाएको थियो । जसमध्ये २ जनाको उद्धार गरिएको छ । भने दुई जना वेपत्ता भएका थिए । वेपत्ता भएका एक् जनाको लाश भेटिएको छ भने एक जनाको अझै भेटिएको छैन खोजीकार्य जारी छ ।

भीषणले वर्षाको बाढीले लंखुवा, नागदह आसपासको बस्तिमा पनि ठूलो क्षति पुगेको छ । नागदहमा सीता राई र चित्रबहादुर दर्जीको २ घर पुर्णरुपले बगाएको छ । सीता राईलाई पुरिएको अवस्थाबाट स्थानीयले उद्धार गरेका ‍थिए । बाढीले झोलुङ्गे पुल, सडक पुलहरु र लघु जलविद्युतमा पनि क्षति पुगेको छ । उद्दारमा स्थानीय, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालीकाहरु लागायतको सहयोगमा थप उद्दार, खोजीकार्य जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार