बाढि, पहिरोले नाम निसाना नदेखिने गरी माेटरबाटाे बगाएपछि कर्मचारी र स्थानीयको श्रमदानमा बनाए नयाँ गोरेटो बाटो

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिमा आएको बाढि र पहिरोले आवागमनमा समस्या भएपछि साल्पासिलिछो गाउँपालिकाका कर्मचारी र स्थानीयले श्रमदान गरी बैकल्पिक गाेरेटो बाटो बनाएका छन् ।

षडानन्द नगरपालिका २ नागदह देखि साल्पासिलिछो गाउँपालिका ६ दोभाने जाेड्ने माेटरबाटाे बाटो साउन १५ गते आएको अविरल वर्षाले बाटोकाे नाम निसाना नदेखिने गरी बगाएका कारण स्थानीयलाई आवत जावत गर्न समस्या भएकाे थियाे ।

पैदलयात्रीलाई मध्यनजर गर्दै साल्पासिलिछो गाउँपालिकाको कर्मचारी (अमिन) अधिराज राईको नेतृत्वमा कर्मचारी र स्थानीय जुटेर करिब ५० मिटर वैकल्पकि गोरेटोबाटो खनेका हुन् ।

पैदल बाटो निर्माण भएपछि स्थानीयहरुलाई आवत जावत गर्न सहज भएको साल्पासिलिछो गाउँपालिकाको विपतका फोकल पर्सन मणि कुमार श्रेष्ठले बताए । वाढिले बगाएको पैदल बाटो बनाउँदा तत्काललाई पैदल यात्रीलाई सहज भए पनि यातायातका साधन आवत जावतमा समस्या भएको श्रेष्ठले बताए ।

मोटरबाटो भने करिव ५ सय मिटर भन्दा बढि बगाएको उनले जानकारी दिए । १५ गतेको वाढिले ईर्खुवा खाेला जलविद्युत अायाेजनामा कार्यरत तीन जना मजदुरलाई बाढिले बगाएको थियो । एक जनाकाे सकुसल उद्दार भए पनि दुई जनाकाे मृत्यु भएकाे छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार