भोजपुरमा आत्माहत्याका घटना बृद्धि, घटना न्यूनीकरण गर्न आत्माहत्या न्यूनीकरण तथा व्यावस्थापन समिति गठन

भोजपुर । भोजपुरमा आत्माहत्याका घटनामा बृद्धि भएको छ । प्रहरी कार्यालय भोजपुरको तथ्यांक अनुसार भोजपुरको तीन आर्थिक बर्षमा १ सय ४८ जनाले आत्माहत्या गरेका छन् । जसमा पुरुष ७०, महिला ५२, बालक ९ र वालिका १७ जना गरी १ सय ४८ जनाले आत्माहत्या गरेका हुन् ।

आर्थिक बर्ष २०७८÷०७९ मा ४९ जना, ०७९÷०८० मा ४८ जना र ०८० र ०८१ मा ५१ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिना बताए । जसमा विष सेवन गरी ६ जनाले आत्माहत्या गरेका छन् भने अन्यले झुण्डिएर आत्महत्या गरेका छन् ।

आत्माहत्या गर्नुको मुख्य कारण डिप्रेशन, प्रेममा अनैतिक सम्बन्ध, पारिवारिक द्धन्द्ध, लागुपदार्थको सेवन जस्ता घटनाबाट आत्महत्या गर्ने देखिएको प्रहरीले जनाएको छ । भोजपुरमा आत्महत्या घटना बढ्दै जान थालेपछि आत्माहत्या न्यूनीकरण गर्न भन्दै आत्माहत्या न्यूनीकरण तथा व्यावस्थापन समिति समेत गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नर वहादुर थापा सल्लाहाकार रहने गरी जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज तिमेल्सीनाको संयोजकत्वमा १८ सदस्सीय समिति समेत गठन गरिएको छ । समितिले आत्माहत्या न्यूनीकरण गर्न यस समितिले औचीत्य र अपरिहार्यताको वारेमा जिल्ला, पालिका तथा वडा स्तरमा सहमत गरायने, आवश्यक नीतिगत निर्णय तथा वबेट व्यावस्थापन तथा जनशक्ती परिचालन गर्ने, वडा स्तरीय आत्माहत्या नयूनीकरण तथा व्यावस्थापन कार्यदल गठन गर्ने जस्ता कामहरु गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुका प्रहरी निरिक्षक दिपक श्रेष्ठले बताए ।

आत्माहत्या न्यूनीकरण गर्न प्रत्येक पालिकामा एक जना मनोपरामर्श कर्ता आवश्यक रहेको बताउँदै यस समितिले भोजपुरका सवै पालिकाका प्रमुख र उपप्रमुखलाई समेत वैठकमा सहभागी गराई छलफल गरी एक पालिकामा एक जना मनोपरामर्श कर्ता राख्न सके घटना न्यूनीकरण गर्न सकिने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए ।  यस्तै समिति गठन गर्दै गदा समिति समिति गठनका लागि मात्र नभई सुुस्म अध्यान गरी कार्यान्यनमा पनि ल्याउनको लागि समिति बन्नु पर्ने प्रमुख जिल्ला अधिकारी नर बहाुर थापाले जोड दिए ।

आत्माहत्या न्यूनीकरण तथा व्यावस्थापन समितिमा प्रमुख जिल्ला अधिकारी नर वहादुर थापा सल्लाहाकार रहने गरी जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज तिमेल्सीनाको संयोजकत्वमा जिल्ला स्वास्थ्इ कार्यालय, जिल्ला मानसिक अस्पताल मनोचिकित्सक, जिल्ला आयूर्वेद, जिल्ला शिक्षा समन्वय प्रमुख, स्थानीय निकाय प्रतिनिधी, नेपाल रेडक्रस, नेपाल स्काउट, उद्योग वाणिज्य संघ, चेम्कस अफ कमर्श, पत्रकार महासंघ, होटल व्यावसायी, गैर सरकारी संस्था, मनोचिकित्सक योगध्यान, सामाजिक युवा क्लब प्रतिनिधी, लागुऔषध दुव्र्यसनी पुनस्थापना केन्द्र संचालक सदस्य रहने र जिल्ला प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत सदस्य सचिव रहने गरी १८ सदस्य समिति गठन गरिएको हो । आत्मा हत्या न्यूनीकरण गर्न विभिन्न खालका सतेचनामुलका कार्यक्र, मनोपरामर्श जस्ता कार्यहरु गर्ने समेत जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार