भोजपुरमा सांस्कृतिक पर्व लाखेजात्रा विधिवत रुपमा आजबाट सुरु

भोजपुर । भोजपुरमा नेवार समुदायको पहिचान बोक्ने सांस्कृतिक पर्व लाखेजात्रा आजबाट सुरु भएको छ । विधिवत रुपमा पुजाआज गरी भोजपुरको चारभञ्ज्याङबाट सुरु गरिएको लाखेले वीच बजार परिक्रमा गरी सरु गरेको हो ।

नेवार समुदायले लाखेको मखुन्डो, चम्मर पहिरिएर, राक्षसको रुप धारण गरी ढोल, झ्याम्टा, बजाउदै नाचसहित बजार परिक्रमा गरेका छन् । लाखे नाच लाखे सेवा समाजले तयार परेको तालिका अनुसार भोजपुर बजार र चोक चोकमा नाचका साथै विभिन्न जात्राहरु प्रदर्शन गरिने भएको छ ।

विधिवत रुपमा नाग पञ्चमीका दिनबाट सरु भएको लाखे नाच कृष्ण जन्माष्टमीका दिन रथ यात्रा र पुजापठा पछि भोलीपल्ट मन्दिरमा लाखेलाई मारेर लाखे नाच समापन गर्ने प्रचलन रहेको भोजपुर लाखे समाज भोजपुरका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार