अरुण नदीमा पानीको बहाव बढेपछि सर्तकता अपनाउन आग्रह

संखुवासभा । अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्तकता अपनाउन आग्रह गरेको छ । पानीको सतह बढेपछि मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो । साना तथा ठूला खोला नदीमा वर्षातका कारण पानी बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

खोला, नदी बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ । भारी वर्षा भएका कारण खोला नदीमा पानीको बहाव बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार