भोजपुरको पालुवामा पाली भत्कीदा पशु चौपाय मरे

भोजपुर । भोजपुर नगरपालिका ६ पालुवामा राती आएको वर्षाका कारण पाली भत्कीदा पशु चौपायको मृत्यू भएको छ । पारीको भित्तामा टासेर ढुङ्गामाटोले बनाएको भोजराज कार्कीको पाली भत्कीदा पालीमा बाधेको ६ वटा पशु चौपाया र पाली गरी दुई लाख ५० हजार वरावरको क्षती भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पालीमा बाधेर राखेको एउटा पाडो, दुई वटा बोका, तीन वटा बाख्रा मरेका हो । माउ भैसीलाई चोट लागेको अवस्थामा उद्धार गरिएको हो । उक्त घटनामा थाहा पाउनसाथ प्रहरी विट देउरालीका प्रहरी हवल्दार प्रकाश तामाङको नेत्रित्वमा खटी गई प्रहरी टोली र स्थानीयहरुले उद्धार गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार