भोजपुर क्याम्पसमा ई–लाईब्रेरी ब्यवस्थापन, संचालन र बौद्धिक चोरी नियन्त्रण सम्बन्धी प्रशिक्षण सम्पन्न 

भोजपुर । भोजपुर क्याम्पसमा ई–लाईब्रेरी ब्यवस्थापन, संचालन र बौद्धिक चोरी नियन्त्रण सम्बन्धी ४ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणले त्रिभुवन बिश्व बिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसको केन्द्रिय पुस्तकालयसँग पहुँच पुगेको छ । शैक्षिक गुणस्तरीयता अभिबृद्धि गर्दे आधुनिक प्रबिधिमा जोडने उद्धेश्यका साथ त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय पुस्तकालय र क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र बिद्यार्थीको लागि ई–लाईब्रेरी ब्यवस्थापन, संचालन, बौद्धिक चोरी नियन्त्रण लगायतका बिषयमा चार दिने प्रशिक्षण भएसँगै केन्द्रिय पुस्तकालयमा भोजपुर क्याम्पसको पनि पहुँच पुगेको केन्द्रिय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताउनुभयो ।
नेपालमा ई–लाईब्रेरीको प्रयोग त्रिभुवन बिश्वबिद्यालयले गरि रहेको बताउँदै प्रमुख सुवेदीले प्रयोग भन्दा पनि राम्रोसँग जानकारी समेत नभएको अवस्थामा भोजपुरमा संचालन गरिएको ई–लाईब्रेरी ब्यवस्थापन र संचालन सम्वन्धी प्रशिक्षणले अवका दिनमा क्याम्पसको शैक्षिक सुधारमा समेत मद्धत पुग्ने बताउनुभयो ।
ई–लाईब्रेरीका बिषयमा सवैलाई ज्ञान नभई रहेको अवस्थामा केन्द्रिय पुस्तकालय र क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र बिद्यार्थीको लागि संचालन भएको प्रशिक्षणले शैक्षिक गुणस्तरीयतामा अभिबृद्धि गर्दे आधुनिक प्रबिधिमा पुहँच पुग्ने भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताउनुभयो । प्रमुख राईले भन्नुभयो, “२०२२ सालमा स्थापना भएको क्याम्पसको शैक्षिक सुधारको अभियानमा हामीहरु लगि परेका छौ, पठनपाठन र अध्ययनका कुराहरुमा पनि प्रबिधिको पहुँच पुर्याउन ई–लाईब्रेरी संचालनका बिषयमा क्याम्पसमा प्रशिक्षण गरेका हौ ।”
प्रशिक्षणबाट प्राप्त ज्ञानले अव जुन सुकै अवस्थामा पनि आफै अध्ययन गर्ने बातावरण बिद्यार्थीलाई मिलेको बताउँदै क्याम्पसका प्राध्यापक शक्तिराज राईले ई–लाइब्रेरीको पहुँचले अवका दिनमा घरमै काम गर्दे पढने अवसर बिद्यार्धीले पाएको बताउनुभयो । केन्द्रिय पुस्तकालयबाट आएको बिज्ञले प्रशिक्षण दिएसँगै हिजोको अध्ययन भन्दा पनि अहिलेको अवस्थामा प्रबिधिमा जोडिएर आफुले चाहेको बिषयहरु अध्ययन गर्न पाउने अवसर मिलेको बताउनुभयो ।
बिकसित अवस्थामा प्रबिधि जरुरी रहेकाले ई–लाईब्रेरीको पहुँचले बिद्यार्थीलाई राहत मिलेको क्याम्पस स्वबियु सभापति निशान राईले बताउनुभयो । त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय पुस्तकालयले आफना क्याम्पसहरुमा क्रमिकरुपमा ई–लाईब्रेरीलाई प्रोत्साहत गर्दे लाने अभियान अन्तर्गत भोजपुरमा प्रशिक्षण कार्यक्रम संचालन भएपछि पुस्तकालय ब्यवस्थापनमा समेत सहजता थपिएको क्याम्पसका पुस्तकालय फाँट प्रमुख भिमप्रसाद राईले बताउनुभयो ।
भोजपुर बहुमुखी क्याम्पसले आगामी दिनमा प्रबिधिको प्रयोग गर्दे शैक्षिक अभिबृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्राध्यापक सम्झना प्रधानले बताउनुभयो । उहाँले केन्द्रिय पुस्तकालयले संचालन गरेको प्रशिक्षणले सिक्ने अवसर समेत पाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार