बिद्युत प्राधिकरण बार्षिकोत्सव : आशा गर्नुको बिकल्प बाहेक केही छैन

निरोज कोइराला
नागरिकको घर घरमा बिद्युत सेवाको पहुँच पुर्याउन २०४२ साल भाद्र १ गते स्थापना भएको नेपाल बिद्युत प्राधिकरणले आज बिविध कार्यक्रम सहित आफनो ३९ औ बार्षिकोत्सव मनाउँदैछ । प्राधिकरण र आवद्ध संघ संगठनहरुले आ–आफनो किसिमले कार्यक्रम सहित खुशीयाली साटासाट गर्दे छन । ब्यवस्थापनको निर्देशन अनुसार भएका कार्यक्रमहरुमा उमेर बिताई सकेका दैनिक ज्यालामा काम गर्ने ज्यालादारी श्रमिकहरु पनि सामेल छन । तर उनीहरुले प्राधिकरणमा रहेर उमेर मात्र बिताई रहेका छन । ब्यवस्थापनले उचित चासो नदिदाँ ज्यालादारी श्रमिकहरु कार्यालयले जे काम लगाउँछ त्यही काम गरेर दैनिक ज्याला थाप्दै काम गर्न बाध्य बनि रहेका छन ।
कुनै दिन काम गर्न सकेनन भने उनीहरुले त्यो ज्याला पनि पाउँदैनन । नेपाल बिद्युत प्राधिकरणमा क्रियाशिल कर्मचारीका संघ संगठनहरुले पनि बेला बेलामा ज्यालादारीका बिषय कार्यान्वयन हुन नसके पनि कागजमा उठाउने गरेको गुनासो श्रमिकहरुबाट हुदै आएको छ । यसरी कागजमा राखिएका मागहरु प्राधिकरण ब्यवस्थापनले बिभिन्न प्रक्रिया देखाउँदै टार्ने काम गरि रहेको गुनासो ज्यालादारीको छ । २०८१ साल असार मसान्तसम्ममा प्राधिकरण ब्यवस्थापनले दैनिक ज्यालामा काम गर्नेहरुलाई मासिक ज्यालादारी बनाउँदै सोही अनुसार सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तर अहिलेसम्म पनि सो मागका बिषयमा कुनै सम्वोधन नभएको भन्दै ज्यालादारी संघर्ष समितिले आवाज उठाउँदै आई रहेको छ ।
प्राधिकरणको ब्यवस्थापनका लागि दुई पटक नियुक्ती गरिएका कार्यकारी निर्देशक कुलमान घिसिङबाट नै समस्यामा परेका ज्यालादारी श्रमिकहरुको बिषयमा कुनै सुनुवाई नगरिएकोमा श्रमिकहरु चिन्तित छन । बर्षो देखि आफनो श्रम दैनिक ज्यालामा बिक्री गर्दे आएका कार्यरत ज्यालादारी गुनासो गर्दे भन्छन, ‘म्यानेजमेन्टबाट विश्वासघात गर्ने काम मात्रै भयो, हामीले आफनो सम्पूर्ण शक्ति र क्षमता प्राधिकरणका लागि लगाईका छौ । प्राधिकरण ब्यवस्थापनलाई कसरी विश्वास गर्नु विश्वास गर्ने वातावरण नै छैन ।’
जिल्लाका सिडियोले प्रत्येक बर्ष निर्धारण गरि दिने ज्यालामा काम गर्ने श्रमिकहरुले ज्यालाको अतिरिक्त अन्य थप सुबिधा पाउँदैनन । जोखिम मोलेर बिद्युतको पोल पोलमा चढेका श्रमिक ज्यालादारीहरुले ज्याला भने ज्यामीको पाई रहेका हुन्छन । योग्यता भएकाहरुलाई पनि कुनै पद निर्धारण गरिदैन । घाटामा गएको प्राधिकरणलाई अहिलेको अवस्थामा नाफामा पुर्याउन ती श्रमिकहरुको महत्वपूर्ण योगदान छ । तर पनि उनीहरुको कामको प्राधिकरणले उचित मुल्यांकन गर्न सकेको छैन ।
प्रत्येक पटक उर्जामन्त्री फेरिदै गर्दा भाषणमा ज्यालादारी ब्यवस्थापनका बिषयमा तत्काल समाधान हुने खालका भनाईहरु आउँने गरेका कारण बर्षो देखि कार्यरत ज्यालादारी श्रमिक खुशी देखिन्छन । तर केही समय पश्चात त्यो भाषण पनि भाषणमै सिमित बनि दिदाँ समस्या ज्युको त्यु देखिन्छ । बिद्युत प्राधिकरणका लागि पहाडी जिल्लाहरुमा स्थायी कर्मचारीको भन्दा राम्रो र भरपर्दो काम गरि दिने तिनै ज्यालादारी छन । उनीहरु नहुने हो भने पहाडी जिल्लाहरुमा नियमित बिद्युत सुचारु गर्न समेत समस्या हुने गरेको छ । प्राधिकरणका अनुसार नेपालभर दुई हजार आठ सय बढी प्राधिकरणका लागि बिभिन्न जिम्मेवारी सहित ज्यालामा काम गरि रहेका छन ।
तसर्थ ः आफनो उमेर र जवानी प्राधिकरणका लागि बेची सकेका ज्यालादारीका बिषयमा उचित निकास दिई उनीहरुको रोजगारीको ग्यारेन्टी लिने काम प्राधिकरण ब्यवस्थापन लिन सकोस् । उनीहरुको आशा तथा सपना बिपना बनोस्, शुभकामना ।  (लेखक बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार