प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गर्यो एजेन्सीको क्षमता अभिवृद्धिसंगै सम्मान कार्यक्रम

भोजपुर । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सु जिल्ला शाखा भोजपुरले एजेन्सीको क्षमता अभिवृद्धिसंगै एजेन्सी सम्मान कार्यक्रम गरेको छ । प्रदेश प्रमुख जगत नाथ फुयालको उपस्थितिमा एजेन्सीको क्षमता अभिवृद्धिसंगै एजेन्सी सम्मान तथा तीज विशेष कार्यक्र सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स् शाखा कार्यालय भोजपुरका प्रमुख सुमन श्रेष्ठले बताए ।

प्रदेश प्रमुख जगत नाथ फुयालले बिमाका फाइदा, एजेन्सी हुदका फाइदा, र प्रभु महालक्ष्मी लाइफका बिभिन्न बिमा पोलिसी हरुको बारेमा प्रस्ट पारेका थिए भने शाखा प्रमुख सुमन श्रेष्ठले बिमा बजारमा भयका समस्या र समाधानका सुत्रहरुका बारेमा प्रस्ट परेका थिए ।

कार्यक्रममा गत आर्थिक वर्षमा राम्रो व्यावसाय गर्ने अभिकर्ताहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान समेत गर्दै तिज बिशेष कार्यक्रम समेत गरिएको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार